नेपालकाे कानुनकाे पालना गर्नु: चिनियाँ दुतावास

Photo: facebook

काठमाडौं । शुक्रवार स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ।

सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये हातपातमा उत्रेका चार बाहेकका ४३ जनालाई शुक्रबार राति नै छोडिएको प्रहरीले जनाएको छ ।

उक्त घटनालाई लियर चिनियाँ राजदुतावास पक्ष र नेपाली पक्ष बिच छलफल भएकाे भन्दै चिनियाँ राजदुतावासका प्रवक्ता लुअन सिताउनले छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छन ।

प्रवक्ता लुअनले चिनियाँ राजदुतावासकाे धारणा सार्वजनिक गर्दै चिनियाँ पक्षले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्नु पर्ने भन्दै आइरहेको छ । ‘चिनियाँ नागरिकहरुलाई कानुन र तर्कसंगत कुराहरुलाई व्यक्त गर्न भनेको छ,’ उनले भने । यस्ताे अवस्थामा एकअर्कालाई बुझेर जानुपर्ने उनले बताए ।

शुक्रबार चिनियाँ नागरिकले दुतावास अगाडि प्रदर्शन गर्न लागेकाेमा प्रहरीले राेकेपछि सिहंदरबार आएर प्रदर्शन गरेका थिए । उनीहरूले यसअघि पनि पर्यटन बाेर्डमा घर वान माग गर्दै ध्यानाकर्षण गराएका थिए ।

चिनियाँ दुतावासकाे पहलमा यसअघि केहि चिनियाँ स्वदेश फर्केका थिए ।