काेराेना: विश्वभरि ४० लाख १६ हजार बढी संक्रमित, मृत्यु हुनेमा अमेरिका पछि बेलायत

everest kitchen
photo :file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७६ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ४० लाख १६ हजार २१ मा देखिएकाे संक्रमित मध्ये १३ लाख ८७ हजार ५२७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ७८ हजार ६१६ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म १३ लाख २२ हजार १६३ जनामा संक्रमण देखिएकाेमा १० लाख १९ हजार ७९८ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

अमेरिका पछि धेरै मर्नेकाे सङ्ख्यामा संयुक्त अधिराज्य बेलायत दाेस्राे स्थानमा रहेकाे छ। बेलायतमा हालसम्म ३१ हजार २४१ जनाले ज्यान गुमाएका छन । बेलायतमा २ लाख ११ हजार बढिमा संक्रमण मध्ये १ लाख ७९ हजार बढिमा संक्रमण सक्रिय रहेकाे छ ।

त्यस्तै ईटलीमा हालसम्म ३० “हजार २०१ जनाले ज्यान गुमाएका छन, भने २ लाख १७ हजार बढिमा देखिएकाे संक्रमणमध्ये अझै ८७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ६० हजार ११७ मा काेराेना संक्रमित हुदा २६ हजार २९९ जनाले ज्यान गुमाएका छन ।

फ्रान्समा २५६ हजार २३० ले जनाले ज्यान गुमाउदा , १ लाख ७६ हजार बढिमा संक्रमण देखिएकाे छ । फ्रान्समा अझै ९४ हजारमा काेराेना संक्रमण सक्रिय रहेकाे देखिन्छ ।

सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने २०८ जना उपचाररत छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म १०९ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये ३० जनाले स्वास्थ्य लाभ गरिसकेका छन । यधपी तीन जनामा पुनः संक्रमण देखिएकाे छ ।