मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या १ सय ८ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ८ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ८ पुगेकाे हाे । गएकाे शुक्रबार एक जनाकाे मृत्यु भएकाे थिएन ।

हालसम्म मलेसियामा ६ हजार ५८९ जनामा संक्रमण देखिएकाेमा ४ हजार ९२९ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म १८ जना गम्भीर बिरामी रहेका छन भने शनिबार थप ५४ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार उन्मुख रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ४३ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने ३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ७६ हजार ४१२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४० लाख २८ हजार ४९३ जनामा संक्रमण रहेकाे छ । १३ लाख ९३ हजार ९८४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म १०९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३० जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन । यधपी तीन जनामा संक्रमण पुनः देखिएकाे छ ।