मलेसियामा एउटै कम्पनीमा कार्यरत ३३ जना नेपालीमा काेराेना पुष्टि

everest kitchen


मलेसिया । मलेसियामा एउटै कम्पनीमा काम गर्ने ३३ जना नेपाली श्रमिकहरुमा काेराेना संक्रमण देखिएकाे छ । मलेसियाकाे नेगरिसम्बिलान राज्यकाे रेम्बाउ स्थित एक मासु तयार गर्ने कम्पनीमा काम गर्ने थप विदेशि श्रमिकहरूमा काेराेना संक्रमण देखिएकाे हाे ।

उक्त कम्पनीमा शुक्रबार २५ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे भने शनिबार थप ८ जनामा गरि उक्त कम्पनीमा मात्रै ३३ जना नेपालीमा संक्रमण देखिएकाे हाे ।

शनिबार मलेसियन स्वास्थ्य मन्त्रालयकाे तथ्यांक

कम्पनीमा काम गर्ने एक जना श्रमिकमा ज्वराे, खाेकि, सास फेर्न गाह्राे हुने लक्षण देखिएपछि जाँच गर्न हस्पिटल लगिएकाे थियाे । जसलाई जाँच गर्दा काेराेना देखिएकाे थियाे ।त्यसपछि त्यहा अवस्थित अरूलाई पनि जाँच गर्दा काेराेना देखिएकाे थियाे । उनीहरुसंगकाे सम्पर्कमा रहेका र संगै काम गर्ने अन्यकाे ट्रेसिङ तथा परिक्षण जारि रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जानाएकाे छ ।

उक्त कम्पनीमा काेराेना देखिने विदेशि श्रमिकहरूमा नेपाली ३३ जना छन् भने, २६ जना बंगलादेशि, ११ जना ईन्डाेनेसियन र ११ जना म्यानमार रहेका छन् ।

याे संगै मलेसियामा संक्रमित नेपालीकाे सङ्ख्या ५१ पुगेकाे छ । गत मे-५ मा मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले हिमाल टाईम्ससंग कुरा गर्दै मे-५ सम्म ९ जना नेपालीमा संक्रमण रहेकाे र तीन जना निकाे भएकाे जानकारी दिएका थिए ।

त्यस यता मे-७ मा मलेसियाकाे राजधानी क्वालालम्पुर नजिकै रहेकाे चेरास स्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना सेक्युरिटि गार्डहरूलाई काेराेना पुष्टि भएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको थियाे ।

त्यस्तै गएकाे शुक्रबार २५ जना र शनिबार ८ जनामा गरि एउटै कम्पनीका ३३ जना श्रमिक र यसअघिका १८ जना गरेर मलेसियामा हालसम्म ५१ जना नेपालीमा काेराेना पुष्टि भएकाे छ । तीन जनाले स्वास्थ्य लाभ गरि गरिसकेका छन ।