भारतले नेपाली भूमिमा बनाएकाे सडक प्रति नेकपा अध्यक्षद्धयकाे आपत्ति

everest kitchen
आजकाे नेकपा बैठककाे फाेटा,। फाेटाे: फेसबुक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति निकाल्दै भारतले नेपाली भुमीमा गरेकाे सडक निर्माण प्रति आपत्ति जनाएका छन ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डकाे संयुक्त हस्ताक्षरमा जारि विज्ञप्तिमा शनिबार भारतको कदमप्रति आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ । नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’

वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ । साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ ।

भारतले नेपालको भूमि दार्चुला लिपुलेक हुँदै मान सरोवरसम्म जाने सडकको शुक्रबार भिडियो कन्फरेन्सबाट उदघाटन गरेको थियो । नेपाली भूमिमा सडक बनाएको विरोधमा शनिबार नै परराष्ट्रले एक विज्ञप्ति जारि गरेर आपत्ति जनाइसकेको छ ।

यधपी परराष्ट्रकाे विज्ञप्तिमा भारतले पनि विज्ञप्ति निकाल्दै उक्त भूमि भारतकाे भएकाे दावी गरेकाे छ ।