उपत्यकामा आजदेखि सवारीसाधनमा टाईम कार्ड लागु, यस्तो छ तालिका

everest kitchen

काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रण गर्न लागु गरिएकाे लकडाउन प्रभावकारी बनाउन र सरकारले अनुमति दिएकाे क्षेत्रलाई सहज बनाउन उपत्यका तीन जिल्लाले आईतवार देखि टाईम कार्ड लागु गरेका छन ।

उपत्यकाका  तीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी र उद्योग वाणिज्यका पदाधिकारी को छलफलपछि  सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार आइतबार देखि निर्माण सामाग्री बोक्ने मालवाहक ट्रक र ट्रीप्परलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म  चल्न दिइनेछ।

सरकारले तोकेका निश्चित सरकारी कार्यालयका कर्मचारीका लागि बिहान ९:३० देखि १०:३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म चल्नेछन। यस्तै, बैंक तथा वित्तिय संस्थाका सवारीलाई बिहान ९ देखि १० बजेसम्म र बेलुका ३:३० देखि ५ बजेसम्म चल्न दिइनेछ।

औषधि तथा खानेपानीका सवारी दिनभर चल्न पाउनेछन ।

अत्यावश्यक खाद्यान्नका सामाग्री बोक्ने साधन भने बिहान ४ बजेदेखी १० बजेसम्म चल्न पाउने छन ।