चीनलाई पनि कुटनैतिक पत्र पठाउन माग

everest kitchen


विपेन उलङगे
काठमाडौ । प्रतिनिधिसभाकाे आईतवार बसेकाे बैठकमा सांसदहरुले भारतले नेपाली भूमीमा बनाएकाे सडक बारे बिभिन्न प्रश्न उठाएका छन ।

बैठकमा सांसदहरुले सरकारले भारत प्रति गरेकाे अडानका बारेमा धन्यवाद दिदै सिमा विवाद वाे यथासक्य हल गर्न आग्रह गरेका छन । त्यस्तै बिभिन्न सांसदहरुले सरकारलाई प्रश्न पनि उठाएका थिए । सांसदहरुकाे प्रश्न वारे परराष्ट्रमन्त्री ईश्वर पाेखरेलले जवाफ दिएका थिए ।

त्यस्तै बैठकमा सांसद जनार्दन शर्मा लगायतका सांसदहरूले भारतलाई मात्रै नभई यस बिषमा चीनलाई पनि कुटनैतिक पत्र पठाउन माग गरेका छन ।

संसदमा बाेल्दै सांसद शर्माले भने, ” याे समस्या जटिल भएकाले प्रमाणका आधारमा सबैखाले उपायहरू लगाउनुपर्ने र सन २०१५ मा भारत र चीनकाे सम्झौता बिरुद्ध पनि चीनलाई कुटनैतिक नाेट पठाउन जरुरी रहेकाे बताए ।

यस्तै सांसद गगन थापाले भारतकाे दादागिरी प्रति जाेडदार संग लागुपर्ने बताउदै , प्रतिक्षकाे तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताए ।

संसद बैठक अहिले चलिरहेको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेटकाे सिद्धान्त र प्रथामिकता प्रस्तुत गरि रहेका छन ।