काेरेक्स सहित २ जना पक्राउ

everest kitchen


काठमाडौं । सिरहामा नियन्त्रित लागु आैषधसहित दुइजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।