काेराेना प्रकाेप : मलेसियामा आईतवार मर्नेकाे सङ्ख्या शुन्य, एमसिओ ४ हप्ता थप

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आईतवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६७ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०८ रहेकाे छ । हालसम्म ६ हजार ६५६ जनामा संक्रमण रहेकाेमा ५ हजार २५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ८० हजार ५९४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४१ लाख १५ हजार ६२६ जनामा संक्रमण रहेकाे छ । १४ लाख ४६ हजार ३२६ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ५१ जना नेपालीमा काेराेना संक्रमण रहेकाेमा ३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा थप ४ हप्ता आवागमन नियन्त्रण आदेश (एमसिओ) थप गरेर जुन ९ सम्म लागु गरिएकाे छ ।

नेपालमा अहिलेसम्म ११० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३० जना डिस्चार्ज भएकामा ३ जनामा पुनः काेराेना देखिएकाे हाे ।