छायाँ नेपालद्वारा अपाङ्ग परिवारलाई राहत वितरण

everest kitchen

काठमाण्डौं । छायाँ नेपालले सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा ५२ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको छाँया नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए । सहयोगी संस्था छायाँ नेपालका प्रतिनिधि राजेश साह, चन्द्रनगर गाउँपालिकाका वडाध्यक्ष, सामाजिक अभियन्ता शिवनाथ राउत तथा स्थानीय भद्रभलादमीको रोहबरमा राहत लिन आउन सक्नेहरुलाई बबरगञ्जमा जम्मा पारेर र त्यहाँ आउन नसक्नेलाई घर–घरमै पुगेर वितरण गरिएको हो । छाँया नेपालले यस अघि पोखरा, काठमाडौंको गोंगबु, बुढानिलकण्ठ, चन्द्रागिरी, तारेभीर लगायतका विभिन्न स्थानमा राहत बितरण गरेको थियो ।

विश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ । लाखौंले ज्यान गुमाइसकेका छन् । अझै लाखौ ज्यान करोनाको प्रकोपसँग लडिरहेका छन् । नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । देशमा ११० जनामा संक्रमण देखिएको छ भने ३१ निको भई घर फर्किएका छन् ।

भाइरसलाई थप फैलन नदिनका लागि सरकारले लकडाउनको घोषणा गरी पटक पटक सो लकडाउन लम्बाउने कार्य गरेको छ । यसैसँगै मुलुकको आर्थिक अवस्था पनि खस्दै गएको छ । मजदुर विपन्नको जीवन शैली पीडादायी र कष्टकर बन्दै गएको स्थित छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू अवस्था झन् कष्टकर बनेको छ । यससंगै स्थानीय सरकारदेखि एनजीओहरूले राहत र सहयोग गर्न लागि परेका छन् । nayaonline