दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट ७ मा

everest kitchen


काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन । उनी विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप ७ मा पुगेका हुन ।

दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप ७ मा पुगेकाे जानकारी दिएका हुन ।”आर्थुर गन” काे रुपमा प्रतिस्पर्धा गरि रहेका दिवेश लगायतका प्रतिस्पर्धीले काेराेनाकाे कारण घर बाटै प्रस्तुति दिएका थिए । आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए ।

दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट नेपाली समुदाय लगायतले भाेट गरेकाे बताईन्छ । भाेट गर्ने सम्पूर्णलाई उनलेे धन्यवाद दिएका छन ।

काठमाडौंका दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ सम्म पुग्ने पहिलो नेपाली मुलका हुन्। उनी कन्सास राज्यको विचिटामा बस्छन्।