प्रवासि कामदारलाई स्थानिय सरह उपचार गरेकाेमा मलेसियाकाे प्रशंसा

everest kitchen

ऐजेन्सि । मलेसियाले काेराेनाकाे महामारिमा आप्रवासी कामदारकाे उपचारमा स्थानिय नागरिक सरह सकरात्मक तरिकाले अगाडि बढेकाे भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रशंसा गरेकाे छ ।

विश्व स्वास्थ्य संगठनकाे मलेसिया, सिंगापुर, ब्रुनाई मिसन प्रमुख डाक्टर जैकलिन लाे यिंग रूले मलेसियाले काेराेना महामारीको नियन्त्रण तथा राेकथाममा सरकारले पुर्ण उपाय अबलम्बन गरेर कार्यान्वयन गरेकाे उल्लेख गर्दै प्रशंसा गरेकी हुन ।

जैकलिनले अनुसार , “आवागमन नियन्त्रण आदेश (एमसिओ) काे बहु चरणले काेराेना महामारीकाे संख्यामा कमी आएको छ । यद्यपि प्रयासलाई निरन्तरता दिन र विकसित अवस्थालाई अनुकूलन गर्न अझ धेरै काम गर्न बाँकी भएकाे उनले बताईन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०८ रहेकाे छ । हालसम्म ६ हजार ६५६ जनामा संक्रमण रहेकाेमा ५ हजार २५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियाले काेराेना नियन्त्रण तथा राेकथाम गर्न अवस्थाजन आवागमन नियन्त्रण आदेश (सिएमसिओ) आगामी जुन ९ सम्म लागु गरेकाे छ ।