माेडल पुनम पाण्डे पक्राउपछि अदालत चलान

everest kitchen


ऐजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।

मुम्बई पुलिसका अनुसार उनी मरिन ड्राइभ ईलाकामा साथिहरुसंग घुमिरहेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे । पुलिसले उनका साथिहरु सहित उनको बिएमडब्लु कार पनि जफत गरेको बताएको छ।

पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोपमा अदालतमा पेस गरिदै छ ।