नयाँ संक्रमित दश जना भारतबाट लुकेर नेपाल छिरेकाे थिए

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।आज भेटिएका कोरोना संक्रमित भारतबाट आएका खुलेको छ।  कपिलवस्तुमा भेटिएका १० जना नयाँ संक्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको हाे।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु भारतकाे मुम्बई, दिल्ली लगायतका बिभिन्न ठाउँबाट लकडाउनकाे बेला नेपाल आएका थिए ।

उनीहरु कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका -७ र १० निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र अर्का एक बर्ष नखुलेको पुरुषमा काेराेाा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहुकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

याे संगै नेपालमा संक्रमितको सङ्ख्या १ सय२० पुग्याे भने ३० जना डिस्चार्ज भएकाेमा तीन जनामा पुनः काेराेना देखिएको छ ।