मलेसिया नयाँँ निषेध कानुन यस्ताे छ: अनिवार्य रूपमा पढनुहाेला ।

everest kitchen

ऐजेन्सि । मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ ) सम्बन्धि नयाँ नियमहरु लागु गरिएकाे छ । मलेसियामा एमसिओकाे अवधि बढेर जुन ९ सम्म लागु भए संगै बिभिन्न नियमहरु मलेसिया सरकारले लागु गरेकाे छ ।

नयाँ सीएमसीओ नियम

— कुनै संक्रमित क्षेत्रबाट अर्को क्षेत्रमा आउजाउ गर्न पाईने छैन ।

— निजी सवारीसाधन कारमा अधिकतम ४ जनाले यात्रा गर्न पाउछन् । तर उनीहरू सबै एउटै घरकाे हुनुपर्दछ।

— आफन्तकाे अन्तिम मृत्यु संस्कारमा २० जना भन्दा बढि व्यक्तिहरु भेला हुन पाउदैनन् ।

— सार्वजनिक यातायातमा क्षमताको आधा यात्रुहरुमा मात्रै यात्रा गर्न पाउनेछन ।

— ट्याक्सी तथा अानलाईन कार सेवाहरुमा अधिकतम २ जनाले मात्रै यात्रा गर्न पाउनेछन् ।

— मलेसियाका कुनै पनि नागरिक, मलेशियन स्थायी बासिन्दा वा विदेशबाट फर्केका प्रवासीहरू मलेसिया आइपुगेपछि अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्नेछ ।

त्यस्तै मलेसियाले बिभिन्न क्षेत्रहरुलाई निषेधित क्षेत्र र गतिविधिहरू ताेकेकाे छ :

— भीड जम्मा हुने सक्ने स्थानहरु सबैलाई निषेधित गरेकाे छ । जस्ताे मनोरन्जन, मनोरन्जनका गतिविधिहरू: डिस्काे, बार, सिनेमाहलहरु

— धार्मिक स्थान , सांस्कृतिक मेलाहरु

— भीड जम्मा हुने मद्दत गर्ने सक्ने कुनै पनि व्यापारिक गतिविधि

— कपडा चेन्जिङ काेठाहरु, व्युउटिपालर तथा सैलुनहरु

— क्रूज जहाज गतिविधिहरू , पर्यटन सेवाहरू र आवास परिसरहरूमा हुने सेवाहरू लगायत मलेसियाकाे सन १९९२ काे ऐन ले बिधिवत गरेकाे सम्पूर्ण पर्यटन उद्योगहरु ।

— वित्तीय सेवा उद्योगको बिक्री र मार्केटिंग वा उनीहरूको परिसरबाहिर सार्वजनिक स्थानहरूमा गरिने बैंकिंग सेवाहरु ।

— कुनै व्यपारिक परिसरहरुमा गरिने मार्केटिंग तथा व्यवसायीक परिसर भन्दा बाहिर सार्वजनिक स्थानहरूमा गरिने फूड कोर्ट, फेरीवाला केन्द्रहरू, फूड स्टल्स, फूड ट्रक आदिमा । यधपी खाद्यान्नकाे लागि याे लागु हुने छैन ।

— सामुहिक रुपमा गरिने मेसिनरी गतिविधिहरु, मर्मतहरु जस्ताे: लिफ्ट, एस्केलेटर, टावर क्रेन जस्ता मेसिनरी गतिविधिहरू जसले मानिसहरु भेला हुनुपर्ने हुन्छ ।

— केन्द्रीकृत श्रमिक क्वार्टरहरु , कर्मचारीहरूको छात्रावास भित्र भिड जम्मा हुने सम्पूर्ण गतिविधिहरू ।

यी नयाँ सीएमसीओ नियमहरु उल्लंघन गरेकाे खण्डमा अधिकतम आरएम एक हजार नगद वा अधिकतम ६महिना जेल सजाय वा दुबै सजाय हुन सक्ने मलेसिया सरकारले जनाएको छ ।