ठेकेदारले अलपत्र पारेका मजदुरलाई वराहक्षेत्र न.पा.-३ ले गय्राे उद्धार

everest kitchen


सुनसरी । देशव्यापी रुपमा कोरोना कहरले जनजीवनलाई अस्तव्यस्त बनाइरेको बेलामा अलपत्र परेका बाके बर्दिया नगरपालिकाका २२ जनालाई वराहक्षेत्र न.पा. वडा नम्बर ३ ले आज उद्धार गरेको छ ।

सङ्खुवासभामा अपर हाइड्रोपावरमा कार्यरतलाई ठेकेदारले बेवास्ता गरेपछि हिड्दै भएपनी आफ्नो घर पुग्ने उदेश्यले उनीहरु सङ्खुवासभाबाट बाटो लागेका थिए । सोही क्रममा उनीहरु वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर -३ को नडाहामा राती ९ बजे आइपुगेका थिए ।

पत्रकारहरुले सो कुराको जानकारी त्यहाँका वडाअध्यक्ष रुद्र दहाललाई गराएको थियो । ततपश्चात वडाअध्यक्ष दाहाल र स्थानीय बासिन्दाले ती अलपत्र परेकाहरुलाई खाना खुवाउने, र बस्ने व्यवस्था मिलाइदिएका थिए । ३ नम्बर वडाले सम्बन्धित निकायहरु सुनसरी र बर्दियाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बस झिकाएर उनीहरुको गन्तव्य पठाउने काम समेत गरेका थिए ।

उनीहरुलाई पठाएपछी वडाअध्यक्ष दाहालले अलपत्र परेकालाई यसरी उद्धार गर्नका लागि स्थानीयबासीले गरेको सहयोग सराहनीय रहेको बताउदै उनीहरुलाई गन्तव्यमा पठाउन पाएकोमा खुशी व्यक्त गरे । यता अलपत्र परेकाहरुले आफुहरुलाई यो कार्यले ठूलो राहत भएको महसुस गरेको बताए ।

वराहक्षेत्र नगरपालिका वडा नम्बर- ३ र स्थानीय बासिन्दाको यो गुन सधैभरी सम्झिरहने समेत बताए । ुुुुुुुुुुुुुुुुुुुुुुुुुुप्रकाश दिप्साली राई/ नयाँ अनलाइनब