काेराेना : मलेसियामा मङगलबार मर्नेकाे सङ्ख्या शुन्य, नयाँ संक्रमित १६ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १६ जना रहेकाे छ । याे तथ्यांक अनुसार मलेसियामा केहि सुधार देखिन्छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०९ रहेकाे छ । ६ हजार ७४२ जनामा संक्रमण रहेकाेमा ५ हजार २२३जनाले स्वास्थ्य लाभ गरेका छन मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ८७ हजार ५४३ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४२ लाख ७० हजार ८३० जनामा संक्रमण रहेकाे छ । १५ लाख ३४ हजार ४५८ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ५१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने तीन जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकी स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।

नेपालमा अहिलेसम्म १९१जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३३ जना डिस्चार्ज भएकामा ३ जनामा पुनः काेराेना देखिएकाे हाे ।