मलेसियामा क्वारेन्टाईनमा राखिएका १ हजार ३ सय ६८ अवैध आप्रवासीहरु पक्राउ

everest kitchen
photo file

ऐजेन्सि । मलेसिया सलायाङ बजारबाट १ हजार ३ सय ६८ अबैध अाप्रवासिहरू पक्राउ परेका छन । उनीहरु अबैधानिक हैसियतका भएकाे कारण पक्राउ परेका हुन ।
केही हप्ता अगाडि सलायाङ बजारमा काेराेना बिरामि भेटिएपछि त्यहा घेराबन्दि गरेर बिदेशि नागरिक लगायत स्थानियकाे पनि काेराेना जाँच गरिएकाे थियाे । बिरामि जतिलाई हस्पिटल लगिएकाे थियाे भने अन्यलाई क्वारेन्टाईनमा राखिएकाे थियाे ।
मलेसियाकाे राजधानी क्वालालम्पुरकाे जलान दुता स्थित थाेक बजारबाट ९८ बालबालिका सहित जम्मा १ हजार ३ सय ६८ आप्रवासीहरुलाई अबैधानिक हैसियत भएका कारण पक्राउ गरेकाे मलेसियन अध्यागमन बिभाग महानिर्देशक दातुक खैरुल डिजाइम दौडले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएका हुन ।

महानिर्देशक खैरुलका अनुसार म्यानमार नागरिक ७९० जना, इन्डाेनेसियाली ४२१ जना, बंगलादेशी ७८ जना, भारतीय ५४ जना, पाकिस्तानी ६ जना रहेका छन ।

उनीहरूलाई मलेसियन अध्यागमन कानुन अनुसार कारबाही गरि , कारबाही पछि घर फिर्ता गरिने महानिर्देशक खैरुल बताए ।