साउदी अरेबियामा ६ सय ७४ नेपालीमा काेराेना संक्रमण, एक जनाकाे मृत्यु

everest kitchen


काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण देखिएको छ।

संक्रमितमध्ये केहि निकाे भईसकेकाे नेपाली राजदूतावास साउदीले जनाएको छ ।

हालसम्म साउदि अरेबियामा ४२ हजार ९२५ जनामा संक्रमण हुदा २ सय ६४ जनाले ज्यान गुमाएका छन ।

साउदीमा एक जना नेपालीकाे यसअघिनै काेराेना संक्रमणकाे कारण मृत्यु भएकाे थियाे ।