माेटरसाईकल पाेलमा ठाेक्किएर दुर्घटना हुदा एक जनाकाे मृत्यु

everest kitchen
photo file

कैलाली । कैलालीमा माेटरसाईकल अनियन्त्रित भई पाेलमा ठाेक्किएर एक जना माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।

गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित सडकमा सु.प.प्र.०२-००३ प ३३२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठाेक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय माईकल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।