बाेक्सी हुन्नका अध्यक्ष काेबिद शरणकाे प्रधानमन्त्रीलाई सुझाव

everest kitchen
काेविद शरण उपाध्याय

कविता 

प्रधानमन्त्री ज्यु लाई मेरो सुझाव ।

प्रधानमन्त्री ज्यु अब , केहि गर्नै पर्छ है ।
सिमानाको लागि अब, केहि सोच्नै पर्छ है ।
मन्त्री ज्यु डराउनु हुन्न , अघि लम्कनु है ।
ग्रेटर नेपाल बनाउन , कम्मर कस्नु है ।

संसार लाई हेर्ने निति , एउटै बनाउ ।
छिमेकी लाई हेर्ने निति , एउटै बनाउ ।
नेपालमा नेता पिच्छे , निति खारेज गर्नु ।
देशको आफ्नै निति मात्रै , सधैं लागु गर्नु ।

कोहि काखा कोही पाखा,नगर्नु सरकारले ।
हेर्नुपर्छ बिश्वलाई सधैं , एउटै आखाले ।
छिमेकीले पिल्लर सार्दा ,सबै जाग्नुपर्छ ।
नेपाल र नेपालीको , ,ईज्जत् राख्नुपर्छ ।

छिमेकीले सधैं हामीलाई , हेप्ने गर्छ है ।
हाम्रो भुमि हाम्रो जग्गा सधैं ,मिची लान्छ है ।
तराईमा राती राती , पिल्लर सार्छ्न है ।
सिमानामा चारैतिर , पर्खाल लाउनु है ।

नेपाल ईन्डिया दुबैले ,सल्लाह गर्नु है ।
आवत जावत गर्दा खेरि , भिषा गर्नु है ।

रचयिता : कोबिद शरण उपाध्याय
अध्यक्ष
मान्छे बोक्सी हुन्न कहिल्यै
राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल