काेराेना प्रकाेप : मलेसियामा बुधबारसम्म मर्नेकाे सङ्ख्या १ सय ११ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ११ पुगेकाे छ । आज बुधबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ११ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ६ हजार ७७९ जनामा संक्रमण देखिएकाेमा ५ हजार २८१ जनाले स्वास्थ्य लाभ गरेका छन । बुधबार थप ३७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ५१ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने ३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ९३ हजार १३४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४३ लाख ५७ हजार ३५७ जनामा संक्रमण रहेकाे छ । १६ लाख ११ हजार २४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म २ सय १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३३ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।