सुरक्षित ,स्वच्छ खानपिन सम्बन्धि पाँच टिप्स, जसले काेराेना जाेखिक कम गर्छ

everest kitchen
photo:shutterstock

काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले विश्वनै आक्रान्त छ । यसबेला मानिसको जीवन शैलीनै काेराेनाले परिवर्तन गरिदिएकाे छ।

मानिसको प्राथमिकतामा स्वास्थ्य रहेकाे छ भने , विशेषगरी खानपान र स्वच्छतामा एकदमै संवेदनशीलता पहिले भन्दा अहिले बढिनै अपनाएकाे छ । कोरोना भाइरसका कारण मानिसहरु खानपानमा पनि चिन्तित बनेकाे पाईएकाे छ ।

यस्तो अवस्थालाई मध्यनजर गरेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ ।

१) स्वच्छ रहन:

– खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।
– शौचालय गएपछि अनिवार्य सावुन पानिले हात धुनु जरुरी हुन्छ ।
– भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।
– भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।
( यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् । )

२) काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस:

– कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।

– काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।

– काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् ।
(पाकेकाे खाने कुरामा भन्दा काँचो खाने कुरामा खतरानक सूक्ष्म जीव हुन सक्छन्,)

३) खानेकुरा राम्रोसँग पकाउनुहोस्:

– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

– सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।

– पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।
(राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । )

४) खानेकुरा सुरक्षित तापक्रममा राख्नुपर्छ:

– पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।

–तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।

– जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् ।
(पकाएको खानेकुरामा काेठाकाे सामान्य तापक्रममा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छ । त्यसैले पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको सक्रिय तथा विकसित हुन सक्दैन । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् ।)

५) सफा पानी र स्वच्छ भोजन सामग्रीकाे प्रयाेग:

– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।

– सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।

– फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।
– म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।

स्रोत : WHO/BBC