लघुकथा: चट्टान

शुभ शर्मा

लघुकथा: चट्टान
शुभ शर्मा
ह्या बुढा, तिम्रो काम रहेनछ।आफुमात्रै नक्कल झक्कल पारेर हुन्छ?कानमा टप ला´छौ।साङ्लो जत्रो सिक्रि ला´छौ।आइमाईका झैं झरिझुत्त भएर बाहिर शान दिएर मात्रै हुन्छ?घरमा त हरि बिजोग नै रहेछ त?भाउज्युको नाक कान चाहिँ बुच्चै छ?उसले नाकमुख बङ्ग्यायो।
“ए बाबा कुरै नबुझि किन बोल्छस् के तँ?सबैकुरा रहरमा भर पर्ने होइन ?तेरी भाउज्युलाई गहनामा चासोखाँचो नै छैन।घर छोडेर कहिँ जाने भए पो चाहियो गहना।एकदिन घरछोडे जहाजै डुब्छ झै गर्छे।”

“हो त दाइ आईमाई नभए घर कस्तो हुन्छ थाहाछैन र?सीता जस्ति स्वास्नी पाएका छौ र थुतुनो खेलाउन पा´छौ।नत्र तिमीलाई नै चक्कर आउने गरि घुमाइदिन्थे।”

अझै पनि लौ त भन्ने हो भने एक सय एक लाइनमा छन् बाबै।पुलुक्क स्वास्नीतिर हेर्यो उसले । “भन्देको छु दाइ ,अति नहेप भाउज्युलाई पछि दुख पाउँछौ।श्यामले विष्णुलाई चोर औंला ठड्याएर गयो।

गाउँभरि मेरै कुरा काटेर हिड्छेस् होइन ?तैंले कुरा नगरी अर्काले चर पाउँछ?सावित्राको गालामा दुई लपेटा लगायो।ओढेको मलमलको पछ्यौराले मुखबाट डाँको बाहिर नआओस् भनेर मुख थुन्दै भित्र छिरि ऊ ।
“होइन सावित्रा, सहनुको पनि सिमा हुन्छ नि! ज्यान रहे कुल रहने हो ।आफै नरहे कुलको ईज्जत भनेर हुन्छ?गाउँमा कुनै समुहनै नभए झै?वरिपरिका दुइचार जना जम्मा भए।आमा समुहकि अध्यक्षले सम्झाउने कोशिस गरिन्।उजुरी हाल्देउ।भोलि हात छोड्दा कतै ठाउँ कुठाउँ लाग्यो र केही भयो भने टोलै फसिन्छ।उनी थोरै कड्केर बोलिन् ।
“भो दिदी जहाँजहाँ उजुरी हालेपनि जुनि उनैसँग काट्नुपर्ने हो।बेकारको दन्त बजाई के गर्नु ?“रातो डोलिमा उनैले भित्र्याए अव सेतो डोलिमा पनि उनैको हातबाट जान पाए भयो मलाई।”उता फर्केर आँसु पुछि।
आमा रोएको देखेर होला काखको छोरी दौडेर बाबाको काखमा गई र सोधी -“बाबा यो सेतो डोली भनेको के हो?खै के संम्झ्यो कुन्नि?छोरीलाई छातिमा टाँस्यो र उसको टाउकोमा चिउँडो अड्यायो।अनि बर्ररर आँसु खसाल्यो।तिनै आमा समुह मध्येकी एउटीले प्याच्च मुख खोलिन् र भनिन् लौ! हेर कहिलेकाहीँ त चट्टान पनि रसाउँदो रहेछ नि।अर्किले पनि हो मा हो मिलाईन् । “होनि दिदी कहिलेकाहीँ पहरो पनि रसाउँछ भन्ने थाहा छैन र?”

वि.सं३१/१/२०७७