मलेसियामा रामसिंह तामाङ झुन्डिएकाे अवस्थामा फेला, हत्या कि आत्महत्या ?

everest kitchen
मृतक रामसिङ/ फाेटाे साैजन्य: फुर्वा दाेर्जे माेक्तान

क्वालालम्पुर । मलेसियामा एक नेपाली मृत फेला परेका छन । राेजगारिकाे शिलशिलाका लामाे समय मलेसियामा रहेका रामसिङ् तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

मकवानपुर मनहरी गाउँपालिका निवासी रामसिङ् तामाङ आफुले काम गरिरहेकाे कम्पनी नजिकै रुखमा डाेरिसंगै झुन्डिएको अवस्थामा मृत फेला परेकाे उनी काम गर्ने नेपाली साथीहरूले जानकारी दिए । साथीहरूका अनुसार उनकाे आधा शरिर भुईमा लडेकाे थियाे भने घांटिमा टाेरिले कसिएकाे थियाे । उनका साथिहरुले घटना शंकास्पद रहेकाे बताएका छन ।

मृतक तामाङ ८ बर्ष देखि मलेसियाकाे नेगरिसम्विलान राज्यकाे सेरम्वान स्थित “ओन काेर्प रिसाेर्स (Oon corp resource) नामक कम्पनीमा कार्यरत थिए ।

उनकाे शवलाई पाेष्टमार्टमकाे लागि नजिकै ” तुङ्कु जाफर “अस्पतालमा राखिएको छ ।