नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४९ पुग्याे

everest kitchen

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २४९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ( ३ ) छ । जो काठमाडौं , दहचोक निवासी ७ वर्षीय पुरुषः जनकपुर , धनुषा निवासी १७ वर्षीय महिला ; धादिङ निवासी ३० वर्षीय महिलामा काेराेना पुष्टि भएकाे हाे ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ, भने उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।