दाङमा पनि तीन जनामा काेराेना , संक्रमितको सङ्ख्या २ सय ६७ पुग्यो

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २६७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं ; वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरान र भेरी अस्पताल . नेपालगंजमा गरिएको परिक्षण अनुसार थप ९ जनामा काेराेना पुष्टि भएकाे छफ। जसअन्तर्गत पर्सा , बिरगंज निवासी ९ , १० वर्षीय बालक , २३ , ४७ वर्षीय महिला , उदयपुरकाे त्रियुगा न . पा . निवासी २५ वर्षीय पुरुष ; दांङको गढवा – ४ , ५ र तुलसीपुर -७ निवासी २३ , ३६ , ३४ वर्षीय पुरुषहरू काठमाडौं र सतुंगल निवासी ७ वर्षीय बालक रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।