थप ६ जना सहि काराेना संक्रमितको सङ्ख्या २ सय ७३ पुग्यो

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २७३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या छ ( ६ ) रहेको छ । जो बर्दिया , नार्दु -११ निवासी २८ वर्षीय महिला ; सिराहा सखुवा -१९ निवासी ३० वर्षीय पुरुष , पर्सा , बिरगंज -१२ निवासी २८ र २ ९ वर्षीय पुरुष , सर्लाही , रामनगर ४ निवासी १८ वर्षीय महिला, चितवनकाे गढ़ौली -१ निवासी २५ वर्षीय महिला रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनिहरूको स्वास्थ्य अवस्था सामान्य छ , भने उनिहरूलाई अस्पताल ल्याउने कार्य सुरु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।