कपिलवस्तुमा फेरि ३ जनामा काेराेना, संक्रमितको सङ्ख्या २ सय ७६ पुग्यो

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २७६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , भैरहवामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ( ३ ) रहेकाे छ । जो कपिलवस्तु , शिवराज न . पा . चन्द्रौटा निवासी २५ , ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनिहरूको स्वास्थ्य अवस्था सामान्य छ , भने उनिहरूलाई अस्पताल ल्याउने कार्य सुरु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।