बेलायतमा काेराेनाकाे कारण मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे

everest kitchen


काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६३ जना नेपालीको मृत्यु भैसकेको छ ।

बेलायतमा ५२ जना पुरुष र ११ जना महिला गरि हालसम्म ६३ जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनले उल्लेख गरेकाे छ ।

दुतावास तथा एनआरएन वेलायतका अनुसार सबैभन्दा बढी मृत्यु भूपु गाेरखा सैनिकको रहेकाे छ । करिब ५२ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएकाे हाे ।