काेराेना : मलेसियामा शनिबार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित १७ जना

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १३ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १३ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ६ हजार ८७२ जनामा संक्रमण देखिएकाेमा ५ हजार ५१२ जनाले स्वास्थ्य लाभ गरेका छन । शनिबार थप १७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ६० जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने ८ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ८ हजार ८४५ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४६ लाख ४१ हजार २७० जनामा संक्रमण रहेकाे छ । १७ लाख ६७ हजार १९० जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म २ सय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।