५० जना भारतीय पक्राउ

everest kitchen

बनेपा । काभ्रेपलान्चोकमा ५० भारतीय नागरिकहरु पक्राउ परेका छन । कन्टेनरबाट काभ्रेको धुलिखेल आएका उनीहरूलाई जिल्ला प्रशासन काभ्रेले नियन्त्रणमा लिएकाे हाे ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनरमा लुकेर आईतवार बिहान ८ बजे धुलिखेल आईपुगेकाे सुचना पाएपछि सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।
उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुरहरु हुन् ।

उनीहरूलाई अरुकुनै व्यवस्थापन गर्ने वा जँहाबाट आएकाे हाे , उतै फर्काउने बारे छलफल भैरहेकाे बताएको छ ।

धुलिखेल अस्पताल ल्याउदै गरेकी २९ बर्षिया महिलाको काेराेनाकाे कारण मृत्यु भएपछि कडाइ गरिएकाे छ ।