चिनियाँ राजदूत डु वुई ईजरायलमा मृत फेला

everest kitchen


ऐजेन्सि । इजरायलका लागि चिनियाँ राजदूत डु वुईकाे ईजरायलमा मृत्यु भएकाे छ ।

तेल अभिभन नजिकै उपनगरीय क्षेत्र हर्जलिया स्थित आफ्नै निवासमा मृत भेटिएकाे इजरायली अधिकारीहरुलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएकाे फेब्रुअरीमा मात्रै राजदूतमा नियुक्त भएका ५७ वर्षीय डु वेई ओछ्यानमा मृत भेटिएकाे बताएको छ । यधपी उनकाे मृत्युको कारण बारे खुलि नसकेकाे जनाएको छ ।

घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेकाे छ, भने प्रारम्भिक रुपमा राजदूत डु वेईकाे निधन प्राकृतिक कारणले भएकाे हुनसक्ने बताएकाे छ ।