मृतक महिलाको गाउँ, माईती सहित काठमाडौं स्थित डेरा आसपास पनि सिल

everest kitchen
photo :file

काठमाडौं । काेराेना भाईरसबाट ज्यान गुमाएकी २९ बर्षीया महिलाको गाउँ र माईती गाउँ सहित काठमाडौं स्थित उनकाे डेरा आसपास पनि सिल गरिएकाे छ ।

सिन्धुपाल्चोक स्थित मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको छ । केहि समयअघि काठमाडौंकाे टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै आएकी उनकाे डेरा आसपास पनि सिल गरिएको छ । त्यस्तै महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

उनी टाेखामै रहेका बेला सुत्केरी व्यथा लागेपछि शिक्षण अस्पताल ,महाराजगन्ज भर्ना गरिएकाे थियाे । बैशाख २३ मा भर्ना भएकी उनकाे बैशाख २४ मा छाेरा जन्मिएपछि बैशाख २५ मा डिस्चार्ज भएर उनी सिधै गाउँ गएकी थिईन । उनका एक आफन्तका अनुसार काठमाडौंमा लकडाउनकाे कारण सुत्केरी स्याहारमा समस्या हुने भएपछि गाउँ गएकाे बताए ।

गाउँ पुगेपछि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या भएको, खोकी लागेपछि ’ बाह्रबिसे स्वास्थ्य केन्द्रमा भर्ना गरिएकाे थियाे । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रिफर गरेकाे थियाे । धुलिखेल अस्पताल ल्याउदा- ल्याउदै बिहीबार उनकाे बाटाेमै मृत्यु भएकाे थियाे ।

बाह्रबिसेमा उनकाे आरडिटि परिक्षण गर्दा नेगेटिभ देखिएकाे बाह्रबिसे स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत निशान्ता शर्माले बताईन ।

हालसम्म उनलाई कहाँबाट कसरि काेराेना संक्रमण सय्राे, भन्ने एकिन तथ्य फेला परेकाे छैन । यतिबेला उनकाे सम्पर्कमा आएका सम्पूर्णकाे कन्ट्याक्ट् ट्रेसिङ गर्ने कार्या तिब्र पारिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनकाे बिहिवारै राति पशुपति आर्यघाटकाे विद्युतीय शव दाहगृहमा उनको अत्येष्टि गरिएको छ ।