काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ४७ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४७ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९४१ जनामा संक्रमण रहेकाेमा ५ हजार ६१५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख १६ हजार ९२५ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४८ लाख १९ हजार २५ जनामा संक्रमण रहेकाे छ । १८ लाख ६३ हजार ७८० जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ५३ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकी स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।
यसअघि केहि नेपालीमा काेराेना संक्रमणकाे आंशका गरिएपनि पुष्टि भएकाे छैन ।

नेपालमा अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै २९५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३६ जना डिस्चार्ज भएका छन ।