वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्ड सिल

everest kitchen


धरान। संक्रमित नर्सले रिफर गरेकी बिरामी भर्ना भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ ।

जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले बताए ।

दुई साताअघि धनकुटा अस्पतालमा अपरेसन पछि बच्चाकाे जन्म दिएकी ती महिलालाई पुनः ईन्फेक्सन भएपछि फेरि अस्पताल लगिएको र ज्वराे देखेपछि ती संक्रमित नर्सले धरान रिफर गरेकी थिईन ।

ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना गर्न रोक लगाइएको छ भने वार्डमा भएका महिलाहरुलाई डिस्चार्ज पनि नदिने डाक्टर रेग्मीले बताए ।