विदेशमा अलपत्रलाई स्वदेश फर्काईने बारे सरकारकाे छलफल

everest kitchen
केहि समयअघि नेपाल -भारत नाकामा राेकिएका अलपत्र नेपाली

विपेन उलङगे
काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए । तर मन्त्री भट्टराईका अनुसार के-कस्तो तरिकाले कसरि बर्गिकरण गरेर ल्याउने भन्ने बारे ठाेस निर्णय नभएको बताए ।

पहिलो, दाेस्राे र तेस्रो चरणमा गरेर ल्याउने माेटामाेटि तयारी भएपनि कस्तो अवस्थामा रहेकालाई प्राथमिकता दिने र  कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएपनि ठाेस निर्णय नभएकाे मन्त्री भट्टराईले बताए ।

भारत , मलेसिया , तथा खाडीमा गरेर अन्तर्राष्ट्रिय हवाई उडान र बन्द खुल्ने बित्तिकै करिब २ लाख बढि नेपाली स्वदेश फर्कने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले यसअघि नै डाटा सार्वजनिक गरेकाे थियाे ।

अहिले भारत  , मलेसिया तथा खाडी लगायत अन्य देशहरुमा राेजगारि बिहिन भएका, करार अबधि सकिएका नेपालीहरु अलपत्र परेका छन । कतिपय देश र स्थानमा खान, बस्न समेत समस्यामा रहका छन ।

काेराेनाभाइरस आयातित राेग भएकाले विदेशमै परिक्षण गरेर ल्याउने वा यहीँ परिक्षण गर्ने गरि ल्याउने भन्ने बारे ठाेस याेजना सरकारले तयार गर्न सकेको छैन ।

त्यस्तै स्वदेश फर्कि सकेपछि क्वारेन्टाइन व्यवस्थापनकाे ठुलो चुनाैती रहेकोले सेनालाई व्यवस्थापनकाे जिम्मेवारी दिने तयारी भएको बताईएपनि अहिलेसम्म सम्म निर्णय भने भएकाे छैन ।

हवाई उडान खर्च , क्वारेन्टाइन व्यवस्थापन खर्च लगायतका लगायत बिषयमा पनि सरकारले ठाेस याेजना सहितको  प्याकेज ल्याउनेपर्ने वैदेशिक राेजगार सम्बद्धहरुले आवाज उठाउदै आएका छन ।

अहिले भारतीय नाकामा हजारौंको सङ्ख्यामा नेपालीहरु अलपत्र परेका छन भने मलेसियामा मात्रै करिब ७ हजार बढि स्वदेश फर्किन राेकिएका छन । त्यस्तै कतार , युएई ,साउदी र अन्य देशबाट स्वदेश फर्किन तयारी अवस्थामा रहेका  थुप्रै नेपाली उतै राेकिएका छन । उनीहरूकाे प्रमुख समस्या भनेकाे स्वास्थ्य उपचार र खाना बस्नकाे रहेकाे पाईएकाे छ ।