भारतलाई प्रधानमन्त्री ओलीको प्रश्न,सत्यमेव जयते कि सिंह जयते ?’

everest kitchen


काठमाडौं । मंगलबार संसदमा जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी , लिपुलेक नेपालकाे भएकाे बताउदै कुनैपनि हालतमा फिर्ता गर्ने बताए

त्यस्तै  भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग जाेडेर भारतलाई प्रश्न गरेका छन ।उनलेे भने “अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । त्यसमा म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । तर म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंह जयते ?’

भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने प्रधानमन्त्रीले बताएका हुन ।