काेराेना प्रकाेप : मलेसियामा मंगलबारसम्म मर्नेकाे सङ्ख्या १ सय १४ पुग्याे

everest kitchen
 क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १४ पुगेकाे छ । आज मंगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १४ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ६ हजार ९७८ जनामा संक्रमण देखिएकाेमा ५ हजार ६४६ जनाले स्वास्थ्य लाभ गरेका छन । मंगलबार थप ३७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ । हालसम्म मलेसियामा ५४ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।
याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख २० हजार ३७१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४७९ लाख ५ हजार ८८४ जनामा संक्रमण रहेकाे छ । १९ लाख १६ हजार ३९० जनाले स्वास्थ्य लाभ गरेका छन ।