१ सय ९८ भारतीय नागरिक स्वदेश फिर्ता पठाईयाे

everest kitchen
फाेटाे:फाईल

काठमाडौं । नेपाल र भारतमा जारी लकडाउनकाे कारण स्वदेश फर्कन नपाएका १ सय ९८ जना  भारतीय नागरिकलाई भारत पठाएको छ ।

वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएका १ सय ९८ जना भारतीय नागरिकलाई मंगलबार दिउँसो स्वदेश पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनीहरूलाई भारततिय प्रशासनका कर्मचारी लिन आएका थिए ।
उनीहरु नेपालमा बिभिन्न पेसा तथा मजदुरि गर्दै आएका थिए ।

त्यस्तै भारतकाे रक्सौलको क्‍वारेन्टाइनमा रहेका २ सय २२ नेपालीलाई स्वदेश ल्याउने तयारी रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

रक्सौल नाका स्थित क्वारेन्टाइनमा पर्सा, पश्चिम रुकुम, बारा लगायतका बिभिन्न जिल्लाका रहेका छन ।