धनकुटा जिल्ला अस्पतालका थप पाँच जनामा काेराेना, संक्रमित ४ सय ७ पुगे

everest kitchen


काठमाडौं ।धनकुटामा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

यसअघि उक्त अस्पतालमा काेराेना पुष्टि भएकी नर्सकाे सम्पर्कमा आएका पाँच जजामा काेराेना पुष्टि भएको अस्पताल स्राेतले बताएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हाे ।
पाँच जनामा एकजना प्रहरी, एकजना नर्सकाे श्रीमान र अन्य अस्पतालका स्वास्थ्यकर्मी रहेका छन ।

आज मात्रै यसअघि २७ जनामा काेराेना पुष्टि भईसकेकाे छ । याे संगै नेपालमा ४ सय ७ जनामा काेराेना पुष्टि भएकाे छ । दुई जनाकाे मृत्यु भएकाे छ भने ३७ जनाले स्वास्थ्य लाभ गरेका छन ।