मलेसियामा पाँच श्रमिकलाई तामाङ घेदुङ र कलाकार संघकाे खाद्यान्न सहयोग

everest kitchen


क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियामा जारी आवागमन नियन्त्रण (एमसिओ) ले गर्दा मलेसियामा खाद्यान्न अभाव भएका पाँच श्रमिकलाई खाद्यान्न सहयोग गरेकाे छ ।

मलेसियाको पुचुङ स्थित MBF printing sdn bhd मा कार्यरत ५ नेपाली श्रमिकहरुले खाद्यान्न समस्या झेल्दै आएकाे खबर प्राप्त भएपछि सम्बन्धित स्थानमा गएर खाद्यान्न उपलब्ध गरिएकाे महासचिव सविन लाेप्चन तामाङले जानकारी दिए । उहाँहरुलाई तामाङ घेदुङ प्रवास शाखा मलेसियाको कोष अध्यक्ष बिक्रम वाईबा तामाङ साे स्थानमा पुगेर सहयोग गरेकाे लाेप्चनले बताए ।

साथै मलेसियामा कहि-कसैलाई खाद्यान्न अभाव भएमा संघमा सम्पर्क गर्न महासचिव लाेप्चनले आग्रह गरेका छन ।

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले केहि समय अघि राहत काेष स्थापना गरेर सहयोग गरिरहेका छन ।