गुल्मीका काेराेना संक्रमित शिक्षकको मृत्यु भएकाे छैनः अस्पताल

everest kitchen

काठमाडौ । किमसन अस्पताल रुपन्देहीमा उपचाररत गुल्मि जिल्ला मदाने गा.पा. वडा नं . ६ निवासी वर्ष ४१ का काेराेना संक्रमित पुरुषकाे मृत्यु नभएकाे अस्पतालले जनाएको छ ।

रुपन्देही स्थित क्रिमसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनमा काेराेना संक्रमण पुष्टि भएकाे तर केहि सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज विरामीको मृत्यु भएको भन्ने गलत समाचार भएकाे उल्लेख गरेकाे छ ।

अस्पतालका अनुसार विरामी यस अस्पतालको सघन (ICU( कक्षमा ( Ventilator Support) मा उपचार भईरहेको र निजको अवस्था गम्भिर रहेको अस्पतालले जानकारी गराएकाे छ ।