काेराेना प्रभावित जिल्ला कपिलवस्तु, बाँके सहित थप २५ जना संक्रमित

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक मंगलबार कपिलवस्तु जिल्लामा थप १३ जना सहित २५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर ३ देखि ४८ वर्ष उमेरको रहेको छ । जसमा १८ जना पुरुष र ७ जना महिला छन् । संक्रमित हुनेमा धनकुटाका ५ जना, बाँकेमा ६ जना, कपिलवस्तुमा १३ जना र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।