प्रवृति: इन्दिरा चापागाईं


इन्दिरा चापागाईं

लघुकथा- प्रवृति
इन्दिरा चापागाईं

‘आइतबार सातदोबाटो सम्म म लिन आउछु।भक्तपुर आएर हाँसको छोइला सोइला खाजा खाएर जाउली,तिमीलाई म केही गर्दिन,फर्काईदिन्छु भनेको छु,” हुन्छ” भनेकी छ।भोलि यसो कुराकानी गर्नु ,पर्सीदेखि त काम शुरु गरे भैहाल्यो नि।आइमाई चाहिं अलि बुढी बुढी छ है हौ पैतालीस-सत्चालीस वर्षकी होली।‘अरुबेला जस्तै आज पनि भोजेले राजेलाई नयाँ माल खेजिदियो र सुनायो।परस्त्री लिएर होटल तिर पस्ने,मोजमस्ति गर्ने र पैसा स्वाहा पार्ने उसको दैनिकी नै भैसकेको थियो।
एक दिन राजे अड्डाबाट आउँदै थियो।त्यति राम्री असल अब्बल स्वास्नी छ,यो राजे किन यस्तो लफंगो भएर दुनिया रण्डिबाजीमा हिँडेको हो?- एउटाले भन्यो।त्यही त राधा त विद्वान पनि रहिछ नि-अर्कोले भन्यो।राधा जस्ति स्वास्नी पाए त रानी बनाएर राख्ने थिएँ -तेस्रोले बक्यो। ।उसलाई भाग्यले दिएर पनि कर्मले नठेलेको होला नि- चौथोले खोक्यो।उसले छिमेकमा परिचित स्वरहरु सुन्यो र नहेरी हिँड्यो।तर स्वास्नीको तारिफ अरुको मुखबाट सुनेर झसंङ्ग भयो।उसको मथिंगलमा सुनामी हुइँकिन थाल्यो।
किन यसो गर्छौ तिमी? यो ठीक होइन।म पनि पढेलेखेकी छु,राम्री छु,चाहाने हो भने तिमी भन्दा असल,गुणी,धनी,सुन्दर मान्छे पाउँदि हूँ मैले पनि,म मा के कमी छ र?तिमी आइमाई फेरि फेरि हिंड्छौ भन त ?
‘लोग्ने मान्छे हुँ।अलअलि त्यस्तो भैहाल्छ नि।भोक लाग्दा खान खोज्नु त्यति ठूलो अपराध होईन’ उसले भनेको थियो।मानौँ व लोग्ने मान्छे भएकै कारण उसलाई यी सब गर्ने लाइसेन्स प्राप्त छ। तर म विवाह जस्तो अग्नी साक्षी राखेर जोडेको पवित्र नातामा यस्तो धोखाको दुर्गन्ध छर्किन सक्दिन।मेरो वैदिक सनातन धर्मले,मेरा भगवान समान बा आमाले त्यस्तो सिकाएर हुर्काएका छैनन् बुझ्यौ? अस्ति विहानका राधाका यी शब्दहरुले एकै पटक कानमा र मुटुमा घोचे जस्तो भो।विक्षिप्त हुँदै घर आइपुग्यो।
बाइकको आवाज सुन्यो र कौसीबाट बाहिरर हेर्यो।राधा कसैको बाइकबाट झरेर गेट भित्र पसी।फर्किनलाई बाइक मोडिदै थियो।राजे रिसले चूर भयो त्यो को हो ?भनेर आँखै देखेन। जाइलाग्दै गर्दा उसले भनी – “तपाईंले मान्छे चिन्न पनि छाड्नु भयो? ऊ मेरो मामाको छोरा के त , मामा बितेर भेटी छाड्न गएकी थिए्ँ हुस्सुलाई थाहा भए पो त !”