नेपालको नयाँ नक्सा बारे भारतको असहमति

everest kitchen


काठमाडौं । भारतले नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । उसले एक विज्ञप्ति मार्फत यस्तो प्रतिक्रिया दिएकाे हाे ।

बुधबार नेपाल सरकार भुमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्साकाे उद्घाटन गरि सकेको छ ।

नेपाललेफ अौपचारिक रुपमै नयाँ नक्सा जारि गरेपछि
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेको हो । उसले भनेकाे छ” नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेकाे  छ । एकपक्षीय रुपमा जारि गरेकाे उक्त नकसा स्वीकार्य नहुने र याे ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाे दावी गरेकाे छ ।

त्यस्तै भारतले सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी रहेको उल्लेख गर्दै
नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरेकाे बताएको छ । नेपालले बनावटि कार्य गरेकाे दावी गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारि , नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेकाे छ ।

पटकपटक नेपाली पक्षले सिमा विवाद वारे छलफल गर्न आग्रह गरेपनि भारतीय पक्षले टेरेकाे थिएन । यधपी नेपालले नयाँ नक्सा जारि गरेपछि भने भारतले चासाे दिएकाे छ । सिमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न भारतीयले जाेड दिएकाे छ ।

यसअघि भारतले नेपाली भूभागलाई समेटेर नक्सा जारी गरेपछि  कूटनीतिक नोट पठाउदै असहमति जनाएको थियाे  । सीमा विवाद वारे सम्वाद गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठककाे आग्रह गर्दा पनि भारतले टेरेकाे थिएन । पछिल्लोपटक सिमा विवादका बिच भारतले नेपाली भुमीमा सडक उद्घाटन गरेपछि नेपालमा चर्काे बिराेध भएकाे थियाे । बिराेध संगसंगै नेपालले नयाँ नक्सा जारी गरेपछि भारत झस्किएकाे छ ।

भारतीय कुटनैतिक पक्षबाट खासै त्यस्तो मसला नपाएका भारतीय मिडियाले सीमा विवादलाई लिएर नेपालमा भारतको विरोध हुनु चीनको उक्साहटमा भएको दाबी गर्दै समाचारहरु प्रकाशन गरि रहेका छन। पछिल्ला घटनाक्रमले नेपाल र भारतबीचको सम्बन्ध तनावउन्मुख रहेको निष्कर्षसमेत उनीहरूले निकालेका छन् ।

भारतीय मिडियाहरु नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्ति देखि भारतीय फिल्म नगरिकी नायिका मनिषा काेइरालाकाे अभिव्यक्ति समेतलाई प्रमुख मसला बनाउदै नेपालकाे बिराेध गरि रहेकाे देखिन्छन्  ।