झापामा १५ र अन्यमा २ जना गरि एकैदिन १७ जनामा काेराेना पुष्टि

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४ सय ४४ पुगेको छ ।

वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या सत्र ( १७ ) रहेकाे छ । जो झापा , कचनकवल गाउँपालिका -३ , ६ , ८ निवासी १८ , १८ , १ ९ , १ ९ , २२ , २३ , २३ , २५ , २६ , २६ , २८ , ३० , ३२ , ३७ , ४६ पुरुषहरू ; धनकुटा निवासी ३४ वर्षीय पुरुष ; सुनसरी , धरान उप – महानगरपालिका निवासी ५१ वर्षीय महिला रहका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।