नेपाली सेनाका एक अधिकृतकाे शव ल्याउन श्रीकाे जहाज ट्युनिसिया उड्याे

everest kitchen


काठमाडौं । एक नेपाली सेनाका अधिकारीकाे शव ल्याउन श्री एयरलाइन्सको जहाज ट्युनिसिया उडेकाे छ । शान्ति सेनामा खटिएका एकल सैनिकहरु अधिकृतको शव स्वदेश ल्याउन संयुक्त राष्ट्रसंघकाे समन्वयमा जहाज त्यहाँ उडेको हाे ।

बिहिवार बिहान उडेकाे श्री एयरलाइन्सको सीआरजे बम्बाडियर जहाज आज बिहान ट्युनिसिया पुगेर शुक्रबार नेपाल आईपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल परिवारले जनाएको छ ।

शान्ति सेनामा खटिएका बेला ट्यूनिसियामा नेपाली सेनाका एक अधिकृतले ज्यान गुमाएका थिए । शान्ति सेनामा खटिएका सैनिकहरुको मृत शरीर स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले नै समन्वय गरिरहेको छ ।