दाङमा रहेका १ हजारबढि भारतीय मजदुरलाई घर पठाईयाे

everest kitchen
घर पठाउन माग गर्दै आन्दोलनमा उत्रेका भारतीय मजदुर /फाेटाे:हिमालसुट

काठमाडौं । आन्दोलनरत भारतीय मजदुरलाई भारत पठाईएकाे छ । दाङका इँट्टाभट्टामा काम गर्ने एक हजार दुई सय ३३ जना भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको हाे ।

केहिदिन अघि देखि खान ,बस्नकाे समस्या भयाे हामीलाई स्वदेश फर्काउदै भन्दै धर्ना बसेका भारतीय मजदुरलाई घर पठाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। उनीहरूलाई बुधबार राति २१ वटा बसमा राखेर नेपालगन्ज स्थित नेपाल-भारत जमुनाह नाका छाेडिएकाे हाे ।

प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्रप्रसाद धानुक र बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको बताएको छ ।

ती मजदुरहरु दाङका करिब आधा दर्जन ईट्टा उद्योगहरुमा कार्यरत थिए ।