मलेसियामा फेरि २ सय आप्रवासी नागरिक पक्राउ परेका छन

everest kitchen

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेकाे पुरानाे पेतालिङजया स्थित क्वारेन्टाइनमा रहेका थप २ सय जना अबैधानिक हैसियतमा रहेका विदेशी नागरिकहरु पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा धेरैजसो इन्डोनेसियाली, भारतीय, बंगलादेशी र पाकिस्तानी रहेकाे अध्यागमन विभागका महानिर्देशक दातुक खैरुल दाजामे दौडले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएकाे द स्टारले उल्लेख गरेकाे छ ।

मलेसियामा यसअघि पनि करिब १ हजार ७ सय ७३ जना विना कागजातका बिभिन्न देशका नागरिकहरु पक्राउ परेपनि नेपालीहरु भने पक्राउ परे ,नपरेकाे बारे खुलेकाे छैन ।

मलेसियाका बिभिन्न स्थानमा रहेका अपार्टमेन्ट तथा आवासहरुमा रहेका विदेशीहरुमा काेराेना संक्रमण भेटिएपछि ती क्षेत्रहरु नियन्त्रणमा लिई क्वारेन्टाइनकाे रुपमा सिल गरिएको थियाे ।